अस्तित्व-२

Posted by

म एक कसिङ्गर हूँ।
कसैको आँखामा विझाईरहेछु।

शान्त भुमरीमा,
अशान्त मुटु ढुकढुक गरिरहन्छ।
मध्यरातमा कुकुर भुकेसरी,
उद्देश्यहिन तर नियमित।
अप्राकृतिक तर संयमित ।

तिम्रा औपचारिक स्वरहरू,
असीमित तौल लिएर,
एक युग, अटसमटस रहेपछि,
पसिनाझैं गनाउने मेरा बाचाहरुले,
भोलि, आत्महत्या गर्नेछन्।

बिस्तारै,
म अर्थात् कसिङ्गर
तिम्रो आँखाले पखाल्नेछ।
भिरालो समयले खसाल्नेछ।

व्यथा, अभाव र क्रन्दन…
बाईप्रोडक्ट हुन।
जीवन शृंखलावद्द
शान्त भूमरी हो।
चलिरहन्छ ।
रहन्छ ।
छ।

Image Source: JS Starks