राजनिति

Posted by

उखरमाउलो घाम हुँदाहुँदै,
एक निमेषमै,
गड्गडाहट बादलले
मौसम माथि करणी गर्छ।

र एक थान गीलो वर्षाको
जन्म हुन्छ।
झुटो चिसो सिरेटो चल्छ।

भोलि बिहानै
सूर्य चम्कन्छ
रूखहरू हल्लिन्छन् र,
सडक अर्थात् कर्मभूमि
फेरि धुलाम्य हुन्छ।
हुन्छ।
छ।