यात्रा-१

Posted by

प्रत्येक वर्ष देश बोकेर
उकालो लाग्छन्
शेर्पाहरू।

कठ्याङ्ग्रिदो जाडोमा,
फोक्सो धितो राख्दै,
करले सम्हालेका
रहरका रकमहरू,
फगत,
दुई थोपा पसिना हुन्।

कथित यात्रा जारी छ।