बुद्धमाया-१

Posted by

मध्यराती,
बुद्धमायाले आकाश हेरी
इतिहासमा पहिलो पटक
आकाशले बुद्धमायालाई देख्यो…!

सभ्यताको अभूतपूर्व उपलब्धि,
बुद्धमायाले आकाशमा
चम्किला तारा जन्माई।

चम्किला ताराहरुले
धमिलो बुद्धमायालाई देखे

‘प्रेम’ धेरै समय रहेन।
क्रान्तिकारी बादलले आकाश ढाके
बुद्धमाया रोई
आकाश पनि रोयो।

कथित वर्षा जारी छ।

#बुद्धमाया