उतारचढाव उस्तै छ।
अटुट चकाव उस्तै छ।
सरकारको कालो प्रश्न,
गोविन्द जवाफ उस्तै छ।
प्रगति केही देखिनु छैन
नेकपा रवाफ उस्तै छ।
महंगी केवल, तिम्रो-मेरो
मन्त्रीको शराब उस्तै छ।
भनेजस्तो आज नभए’नि
काममा लगाव उस्तै छ।
नामको मात्र हो, लोकतन्त्र
देशमा अभाव उस्तै छ।
जहाज र रेल, गफ भए
विदेशी प्रभाव उस्तै छ।
दोष आखिर जति होस
नियोजित माफ उस्तै छ।
कस्तो भविष्य सोच्ने हो?
समय खराब उस्तै छ।