गजल-८

Posted by

पिउँदा पिउँदै गिलास छोडेर हिंडे
मोज मस्ती र विलास छोडेर हिंडे

छिट्टै धनी हुने प्रयास जस्तातस्तै छ
तैपनि हो, जुवातास छोडेर हिंडे

सम्साराको भुमरीमा रुमल्लिदै आज
उही मीठो, सहवास छोडेर हिंडे

प्रत्येक साँझमा बल्दै निभ्दै गर्दथे
साथ अनि, गफ खास छोडेर हिंडे

लक्ष्यहरू निरन्तर लाटो भएपछि
जीवित त्यो, आफ्नै लास छोडेर हिंडे

सत्य तर अनौठो हो, समयको माग
गास बास र कपास छोडेर हिंडे

रहरले हेर्दै थिए, मगन्ते आँखाहरू
विगत सँगै सन्त्रास छोडेर हिंडे