चोक गल्ली जताततै अनगिन्ती घाउहरू।
घाउमाथि व्यापार छ, कमाउँछन् साहुहरु।
सगरमाथा र बुद्धको इतिहास धितो राख्दै
मनमा हिउँ बोकी, अरब पसे गाउँहरू।
कोहीको बाकस आउँछ, कोहीको पैसा
बुढेसकालमा रुँदै शान्त हुन्छन् बाउहरु।
आसपासमा छोराछोरी, रहर मात्र बन्छन्
साथमा पाउँछन् तिनै चौपाया बस्तुभाउहरु।
चाहे “केपी ओली” होस्, चाहे “प्रचण्ड दाहाल”
देशसंगै बिस्तारै सकिन्छन् सेताकाला नाउँहरु।