गजल-६

Posted by

पैसासँग मन हाम्रो, साट्न सकेको दिन।
आफ्नो दुःख आफैसँग, ढाट्न सकेको दिन।

कति फरक पर्छ होला; शराब छोडेर
मीठा नमिठा कुराले, मात्न सकेको दिन।

ओरालोमा बग्छ पानी, रहर हो की प्यास?
उत्तर दिनु, एक्लै रात, काट्न सकेको दिन।

शब्दहरू घाउ हुन, रगत बन्छन आँशु
भुल्यौ होला, हात्मा हात राख्न सकेको दिन।

सम्बन्धका खातिर, छोडी सबै वैरभाव
सधैं उस्तै विश्वास, समात्न सकेको दिन।

साँच्चै अघाइन्थ्यो, चाँदको ‘प्रकाश’ले
रहरको बालीनाली, तात्न सकेको दिन।