गजल-५

Posted by

यता चोट पर्दा उता, दुख्नुपर्छ
उता चोट पर्दा यता, दुख्नुपर्छ

एकान्तमा हाम्रो माया फैलेपछि
चुपचाप घाम पनि, लुक्नुपर्छ।

समुद्र झै गहिरो मन मुटु छ
कर्णाली र कोशी अब, सुक्नुपर्छ ।

नियममा छैन, प्रेमील सिमाना
सरकार यहाँ-निर, झुक्नुपर्छ।

यता चोट पर्दा उता, दुख्नुपर्छ
उता चोट पर्दा यता, दुख्नुपर्छ