गजल-४

Posted by

यो अलेखकले यस गजलमा धेरैको “मात्रा” बुझाउनको लागि “n” को प्रयोग गरेको छ । जस्तो: अलेखक साथीभाइ माझ बारम्बार भन्छ; “ब्रमाण्डमा n तारा छन । सबैसँग n सपनाहरु हुन्छन । मान्छे n चोटहरु सहेर n खुशी किन्ने आशमा बाँच्दछ ।” आदी इत्यादी ।लोभि अलेखक उसको साहित्यमा “नयाँ” प्रयोग गर्न मन पराउँछ: चित्त बुझे नि नबुझेनी प्रतिकृया दिनुहोला । धन्यवाद …!

मीठा नमिठा, जीवनमा n बानी भए ।
कहिले घाटा, कहिले आम्दानी भए ।

गाउँघरमै, एक्लो अनुभुति गर्छु,
साथीभाई ती, परदेशी ज्ञानी भए।

क्षमता हैन, साहसको अभावले,
अवसरहरू, बिस्तारै खरानी भए ।

न मिहेनत, न रोदनको महत्व छ,
आँशु पसिना, अविरल पानी भए ।

सुदुर भविष्य, एकोहोरो हेर्दाहेर्दै,
आगत विगत, खेरै जानी भए ।

अस्वाभाविक, चोटपछि जन्मेका,
गुनासा सबै, दर्ता र चलानी भए ।

मीठा नमिठा, जीवनमा n बानी भए ।
कहिले घाटा, कहिले आम्दानी भए ।

Image Source: The Art of Doing Stuffs