गजल-१०

Posted by

प्रत्येक रात हुन्छ आशा बिहान सम्मको
प्यारो जीवन तर यात्रा चिहान सम्मको

निस्सार अस्तित्व जति केलाउँदै जानुस्,
सस्तै देखिन्छ तर खोज सम्मान सम्मको

बिस्तारै उमेर बितेपछि पाइन्छ उपाधि
एउटा श्रीमती अनि अर्को श्रीमान सम्मको

साँघुरिँदै गएपछि आफ्नै मूल्य र मान्यता
परिधि अहंकार देखि अभिमान सम्मको

प्रत्येक रात हुन्छ आशा बिहान सम्मको
प्यारो जीवन तर यात्रा चिहान सम्मको