मैंले नकमाएको पैसाले
मलाई पिरोल्दै गर्दा,
म लेख्दैथिएँ।
लेख्दैथिएँ।
मैंले नलेखेको कविताले
मलाई पिरोल्दै गर्दा,
म कमाउँदै थिएँ।
कमाउँदै थिएँ।
मेरा अक्षरहरू,
मेरा कमाईहरु,
फगत माटो हुन्।
माटो हुन्।
निष्कर्ष:
जीवन्त माटोमा,
जीवनको अनुपस्थिति
असामान्य होइन।
होइन।
प्रेमपूर्ण रिस, रिसपूर्ण प्रेम;
लोपोन्मुख,
मानवताका कुरुप अवशेष हुन।
कुरुप अवशेष हुन।
अवशेष हुन।
बाँचुन्जेल,
प्रत्येक वनस्पतिसंग,
एक-मुठी हावा आदानप्रदान गरिन्छ।
आदानप्रदान गरिन्छ।
गरिन्छ।
प्रश्न उठ्छ,
कस्को अस्तित्व, कुन गहिराइमा भेटिन्छ?
राजा होस् की रैती,
प्राण, सधैं सतहमै सकिन्छ।
सतहमै सकिन्छ।
सकिन्छ।
Image Source: Aristeia Press